शान्तीमान श्रेष्ठ
एउटा ठूलो सुन्तला बगान थियो, बगानको मालिक भुपु सिपाही , निकै मेहनत गर्थे – रेखदेख गर्थे, बगानको सुन्तला बंगलादेश सम्म पुग्थ्यो, अचानक बगान मालिक सिकिस्त बिरामी भएर थलिए र केही हप्ता पछि उनको देहान्त भयो, उनको देहान्त पश्चात् बगानको हेरचाह उनको श्रीमतिले गर्न थालिन, बगानले निरन्तरता पाईरह्यो , उनले सक्दो हेरचाह गरिन, सुन्तलाको रुखले अर्को वर्ष पनि उत्पादन दियो तर पहिले भन्दा कम । यत्तिकैमा बगान मालिक्नी पनि एक्लै भएकिले छोरी संग पोखरा बस्न थालिन, आफू पोखरा बसे पनि सुन्तलाको बिरुवाको रेखदेखमा कुनै कमि गरिनन् बरु अझ बढी नै गरिन , बेला बेला आफैं आएर मल दिने, गोडने, चुना लगाउने, औषधि छर्ने मात्र होइन कामदार र जेटिए नै हायर गरेर बगान सुचारु गरिन, बगानमा तलब दिएर कामदार खटाइन, यस हेतु प्रशस्त खर्च गरिन ।
तर ,
२–३ वर्षमा सयौं सुन्तलाको बिरुवा मरेर सखाप भए ।
यसको अर्थ?
विरुवाले मालिक चिन्छ, मालिक फेरिएको चाल पाउँछ , मालिक वा अरु कसैले गरेको व्यवहार चाल पाउँछ, मालिकको दैनिक उपस्थिती भयो भएन बोध गर्छ, मालिकले छोडेर गएको बोध गर्छ र पीडा महशुस गर्छ ।
यो भएको घटना हो, यस्तै खाले दर्जनौ घटनाहरु प्रशस्त कृषकहरुले मलाई सुनाएका छन ।
काठमाडौ सतुंगलमा प्रत्यक वर्ष एउटा जात्रा हुन्छ सात गाउँले जात्रा; यो जात्रामा खटमा मन्दिर बनाएर खेत खेत हुँदै डुलाइन्छ र मन्दिरको पछि दर्जनौको भिड दौडन्छन । अचम्म के छ भने खटमा बनाइएको यो मन्दिर धान रोपिएको आफ्नो खेत हुँदै डुलाउन कृषकहरुको हानथाप हुन्छ, तानातान हुन्छ । दर्जनौ मानिस यसरी खेतमा हिँडदा बालि नासिन पर्ने हो ।
तर अचम्म ! यो जात्रा बारे जानकार सतुंगलवासिलाई सोध्नोस , दर्जनौको भिड सहित खेतको जुन जुन भाग हुँदै यो मन्दिर डुलाइन्छ त्यो भागको धान अलग्गै छुट्टिन्छ अर्थात यो मन्दिर डुलाइएको भागको धान निकै सप्रीएर आउँछ, खेतमा धान फलिसकेपछि यो–यो भाग हुँदै मन्दिर डुलाइएको थियो भन्ने अलग्गै थाहा हुन्छ किनकी त्यो भागको धान निकै सप्रीएकोले बाटो को डोब जस्तै हुन्छ ।
यसको अर्थ ः बिरुवा वा वाली सँग मनुष्य अनि मनुष्यको भावना सँग गहिरो कनेक्सन हुन्छ । धेरैलाई लाग्ला ः ईजरायलले सिर्फ अत्याधुनिक उपकरण र प्रविधिको मद्धतले कृषि उत्पादनमा चमत्कारिक प्रगती गरेको हो, यहुदी जस्तो निकै बुद्धिमानी जातिले रुख बिरुवा र बालिको यस्तो विशिष्ट विषेशता र गुण बारे ख्याल गरेछैनन होला भन्ने सोंच्नु मूर्खता हुन्छ । ईजरायलिहरुले यो कुराको ख्याल गरेका छन र कृषिमा आमूल परिवर्तन र अपत्यारिलो प्रगती गरेका छन ।
काठमाडौमा हरेक वर्ष रातो मच्छिन्द्रनाथको जात्रा देखाउने प्रचलन छ, धेरैलाई थाहा नहोला ः मच्छिन्द्रनाथ त्यो बेलाको निकै दक्ष कृषि वैज्ञानिक हुन, त्यो बेला उपत्यकामा उत्पादन कम भएर खाद्यान्न संकट परेर भोकमरी लागेपछि राज्यको प्रत्यक्ष पहलकदमी बाट असम बाट मच्छिन्द्रनाथलाई झिकाइएको थियो, मच्छिन्द्रनाथ आफैंले उच्च नश्लको बिऊ बिजन बोकेर आएका थिए र उपत्यकावासिलाई कृषि विज्ञान बारे अमूल्य शिक्षा र तालिम दिएर फर्केका थिए, यस पश्चात् उपत्यकामा खाद्यान्नको उत्पादन र गुणस्तरमा क्रान्तिकारी परिवर्तन भएको थियो । मच्छिन्द्रनाथको यहि योगदानको सम्झना स्वरुप आज पनि हरेक वर्ष मच्छिन्द्रनाथको जात्रा देखाइन्छ ।
मैले बारम्बार नेपालको उच्च तहको नेतृत्व गर्ने नेताहरुलाई भुस्याहा भन्ने गर्छु, यस बारे कतिपयले आपत्ती देखाउँछन तर बास्तबमा यिनिहरु दुई कौडिका भुस्याहा नै हुन । यी मध्ये कसैलाई थाहा छैन मच्छिन्द्रनाथको वास्तविकता र योगदान बारे, अझ मच्छिन्द्रनाथको आध्यात्मिक पाटो बारे यिनलाई बुझ्न केही जन्म लाग्न सक्छ, मच्छिन्द्रनाथ गुरु गोरखनाथको पनि गुरु हुन । विश्वको समस्त आध्यात्मिक धरोहरको गहिराई, दर्शन र योगदानको हिसाबमा गोरखको स्थान ५ जना भित्र पर्छ ।
अब ः मच्छिन्द्रनाथको योगदान र गहिराईको आंकलन गरौं । मेरो हिसाबमा जुन देशमा राज्य गरेर डाडु पन्यु हातमा लिएर रजाईँ गरेछ त्यो देशको वास्तविक ईतिहास, विरासत, सांस्कृतिक र आध्यात्मिक धरातल बारे रत्तीभर ज्ञान र चासो राख्दैन, जुन देशमा नेता भै टोपलिएर रजाई गर्यो त्यो देशको लागि योगदान दिने पात्रहरु प्रती जानकारी राख्ने, कृतज्ञ रहने समझ राख्दैन बरु उल्तै ती प्रती कृतघ्न रहन्छन त्यस्ता नेताहरु भुस्याहा नै हुन र म बाराम्बार भुस्याहा नै भन्छु भलै यिनका पछि दशौं लाख लफंगाहरुको ताँती होस । कसैका पछि दशौं लाखको जमात भए पनि असत्य सत्य हुने होइन ।
बिरुवा र बालिको अदभूत र रहश्यमय विशेषता बारे सबैभन्दा महत्वपूर्ण खोज रुसि वैज्ञानिकहरुले गरेका छन । विरुवामा प्रेमपूर्वक पानी हाल्नु र क्रोधपूर्वक पानी हाल्नु बिच फरक हुन्छ, विरुवाले तत्क्षण महशुस गर्छ प्रेम र क्रोध । संगीतको त झन निकै गहिरो प्रभाव हुन्छ …. रवि शंकरको संगित बजाएर रुसि वैज्ञानिकहरुले महत्वपूर्ण रहस्यको उदघाटन गरेका छन ।
कृषिको विकासको लागि यस्तो संवेदनशील पक्षमा ध्यान दिनु अनिवार्य छ र विकसित देशहरुले यस कुराको ख्याल गरेका छन । अनि भुस्याहाहरुले रजाई गरेको यो देशको हाल के छ ? झिंगाको भन्दा सानो पित्त बोकेर बाँचेका यी भुस्याहाहरुले यस्तो कुराको ख्याल गरेका छन ? कृषिको विकास र क्रान्तिको गफ चुटछन यी नालायकहरु ! मालिक फेरिएको चाल पाउँछ बिरुवाले, मालिकले छोडेर गएको चाल पाउँछ, मालिकले वेवास्ता गरेको चाल पाउँछ, स्नेहको र लगावको अपेक्षा गर्छ बिरुवाले, त्यसैले बुढापाकाहरु आफुले बालि लगाएको खेतको वरिपरि बेला बेला गएर फेरो मार्न पर्छ भन्थे, तर संसारमा कतै नभएको बुझक्कड प्रगतिशिल नेपालमै छन, यिनलाई यस्तो कुरा रुढिबादी लाग्छ । यिनलाई यो होस कहिल्यै आउँदैन कि कृषिको विकासको ढोल पिटेर सिर्फ अनुदान पचाउन कृषि फार्म गर्ने, कार्यकर्तालाई नक्कली फार्म दर्ता गर्न लगाएर , सिर्फ अनुदान पचाउन केही कृषि बालि लगाउने ठगहरु बाट कृषिको विकास कहिले हुने हो ! नौलो मानिसलाइ गाई भैंसीले दूध दिंदैन लुकाउँछ, यो त सबैलाई थाहा छ त्यस्तै साँच्चै नै लगाव र स्नेहपूर्वक बाली लगाएको हो कि सिर्फ अनुदान पचाउन बाली लगाएको हो भन्ने कुरा मान्छेले चाल पाउन वा नपाउन तर विरुवाले चाल पाउँछ ।
यो देशमा थिती यस्तो दूर्भाग्यपूर्ण छ कि प्रधानमन्त्री हर हमेशा विकास, समृद्धी र आमूल परिवर्तनको गफ चुटिरहेका हुन्छन तर कृषि सम्बन्धी २ करोडको एउटा प्रोजेक्ट बनाएर प्रधानमन्त्री कार्यालय जानोस, उनले ढोकामा दलालहरु खटाएका हुन्छन , ती दलालहरु ढडिया थापेर बसेका हुन्छन, प्रोजेक्ट बनाएर अनुदान लिन आउने हरकोही सँग बार्गेनिङ्ग गर्छन । मन्त्री परिषद बाट प्रोजेक्ट पास गरे बापत यति प्रतिशत कमिसन ! २०–२५% चलिराछ क्यार अहिले ! यो सब कमिसनको चर्तिकला प्रधानमन्त्री – कृषि मन्त्रीको नाकै मुनि, तिनैको संग्लग्नतामा तिनैले खटाएको अति विश्वासपात्र बाट भैरहेको हुन्छ , अनि यिनैले विकास र समृद्धिको अग्रगामी गफ चुटेर ताली बटुलिरहेका हुन्छन, मानौं कि सारा दुनियाँ बेबकुफ हुन यी मात्र बाठा हुन । वास्तविक कृषक चाहिँ मरिरहेका हुन्छन । यिनको कठोर परिश्रमको कमाई बिचौलियाले खान्छ अनि बिचौलिया सँग यिनको घाँटी जोडिन्छ । यिनलाई राजनेता, जननेता, मुक्तिदाता, क्रान्तिकारी भन्ने उल्लूहरु गोप्य रुपले एउटा प्रोजेक्ट बनाएर अनुदान लिन सिंहदरबार जाऊ । त्यहाँ खटिने दलाल सँग प्रोजेक्ट पास गर्न लाग्ने कमिसनको बार्गेनिङ्ग गर र दलालको मुुहान खोज्दै जाऊ …… तिम्रा महान नेताको असलियत र विकृत पाखन्डी चेहरा देख्छौ ।