अमेरिका र चीनबीचको कर युद्धका बीच चीनले अमेरिकाबाट बंगुरको मासु आयात गर्न रोक लगाएको छ चीन पठाउन ठिक्क पारिएको १२ हजार मेट्रिक टन बंगुरको अलपत्र परेको छ ।
अमेरिकी बंगुरको मासु सबैभन्दा धेरै आयात गर्ने मुलुकमध्ये मेक्सिको र जापानपछि चीन प्रमुख राष्ट्र हो । चीनले सन् २०२४ मा अमेरिकाबाट ४१.१ बिलियन डलरभन्दा बढीको बंगुरको मासु गरेको थियो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले आयातित चिनियाँ सामानमा कम्तीमा १४५ प्रतिशत कर लगाएका छन् । अमेरिका संगको व्यापार युद्धपछि चीनले स्पेनसँग सुँगुरको मासु र चेरी आयातका लागि हालै दुईवटा कृषि व्यापार सम्झौता गरेको छ ।
चीनले खरिद गर्न नमानेपछि हजारौं टन बंगुरको मासु अमेरिकामा अलपत्र
