एकजना सामान्य किसानको छोराले खेल जगतमा मच्चाएको सनसनीले अहिले विश्वभर नै तहल्का पिटेको छ ।
विश्वको उत्कृष्ट फ्रेन्चाइज प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा तहल्का पिटेका खेलाडी हुन् ् वैभव सुर्यवंशी ।
राजस्थान रोयल्सका ओपनिङ ब्याटर १४ वर्षिय वैभवले गत सोमबार गुजरात टाइटन्सविरुद्धको खेलमा विस्फोटक ब्याटिङको उच्चतम स्तरमा पुगेर सबैलाई चकित पारेका छन् ।
भारतको विहार राज्यस्थित समस्तीपुर गाउँका वैभवले आईपीएल करियरको पहिलो बलमै छक्का हानेर सुरुवात गरेका थिए ।
त्यति मात्रै नभएर आफ्नो आईपीएल करियरको तेस्रो खेलमै उनले गुजरातविरुद्ध विस्फोटक शतक बनाएर सबैलाई चकित पारेका छन् । यससँगै उनी आईपीएल इतिहासमा शतक बनाउने सबैभन्दा कान्छा खेलाडी बने भने क्रिस गेलपछि सबैभन्दा छिटो सतक प्रहार गर्ने दोस्रो खेलाडी बने । गेलले ३० बलमा सतक प्रहार गरेका थिए भने वैभवले ३५ बलमा सतक प्रहार गरेका छन् । उनको सतक प्रहारपछि विश्वव्यापीरुपमा एक प्रकारको हलचल नै मच्चिएको छ ।
क्रिकेटका महान खेलाडी ब्रायन लारालाई आदर्श मानेका उनको आक्रामक खेलशैलीले उनलाई ‘बोस बेबी’ भन्ने उपनाम दिलाएको छ ।
किसानको नावालक छोराले विश्व खेलकूदमा मच्चाएको तहल्का
