भारतको सबैभन्दा गर्मी प्रदेश मानिने राजस्थानमा एकजना किसानले किसानले सिंचाईको लागि ट्युवेल गाड्दा अचम्म भयो, त्यस्तो अचम्म जस्ले कृषि, पर्यावरण र समग्र विश्वको लागि नै ‘साँच्चै हो र’ भन्ने जिज्ञासा उत्पन्न गराएको छ । र, यदि यो अचम्मले सार्थकता पायो भने त्यो यो शताब्दिको लागि मात्र होइन, सम्भवतः कलियुगकै लागि एउटा आश्चर्य हुनेछ ।
राजस्थानको जैसलमेरका किसान विक्रम सिंह भाटीले सिँचाईको चर्काे अभावबाट मुक्ति पाउनको लागि ट्युवेल गाड्ने प्रयास गरे । त्यो क्षेत्रमा ३०० देखि ६०० फुट गहिराईमा पानी आउने गर्छ । तर, भाटीले ८०० फिट गहिरो खन्दा पनि पानी आएन । अनि उनले ८५० फिट गहिरो खने ।
ज्ब ८५० फिट खनियो, तब अचम्म भयो कडा चट्टान फोरेर पानीको मुहान फुट्यो । मुहान मात्रै फुटेन, नदी नै बगेजस्तो भो, अझ भनौं नदी बग्यो ।
जबकी राजस्थानको त्यो गाउँ र वरपरका धेरै क्षेत्रमा २५०, ३०० मिटर मै पानी भेटिने गरेको थियो । र, त्यहीअनुसार किसानले भूमिगत पानी निकालेर उपयोग पनि गर्दै आएका छन् ।
तर, यहाँ त्यस्तो भएन । ८५० मिटर नखन्दा सम्म पानीको थोपो देखिएन । जब पानी आयो, त्यसले सबैतिर हाहाकार मच्चायो । मानौं गगां नदी नै त्यहँीबाट बग्न थाल्यो ।
त्यसले स्थिति यति विकराल बनायो कि उनको घर, खेत मात्रै होइन, गाउँ नै डुबायो । जमीनबाट १० फुट माथिसम्म डुबान भयो, भैरहेको छ । २२ टन क्षमताको एउटा ट्रक पनि जमीन मुनी भासियो ।
स्थिति सम्हाल्नै नसकिने अवस्थामा पुगेपछि राजस्थान ग्राउण्ड वाटर बोर्डले गम्भिर अध्ययन गर्यो । कम्तिमा ३ दिनसम्मको अध्ययनपछि वोर्डका प्रमुख रहेका वरिष्ठ भूवैज्ञानिक डा. नारायणदास इणखियाले भने—यो कल्पना गर्न नसकिने विषय हो । यस्को पछाडि निकै गम्भिर कारण हुनसक्छ । यहाँबाट सरस्वती नदी बगिरहेको हुन सक्छ । त्यसैले यहाँबाट नदी किनारको जस्तो बलौटे मलिलो माटोसहितको पानी निस्किरहेको छ ।
अहिले त्यहाँको पानी, माटो र बालुवाको बारेमा भारतीय अन्तरिक्ष केन्द्र (इसरो) लगायतका संस्थाहरुलाई थप अध्ययनको लागि राजस्थान सरकारको तर्फबाट अनुरोध गर्ने तयारी भैरहेको छ । त्यस्तै अमेरिका, युरोपका अनुसन्धानकर्मीहरुले पनि अनुसन्धानको लागि चासो देखाइरहेका छन् ।
जब उनले सरस्वती नदी बगिरहेको हुनसक्ने बताए तब भूवैज्ञानिकहरुका बीचमा मात्र होइन, राजनीतिक र सामाजिक क्षेत्रमा पनि त्यसले सनसनी फैलायो । किनकी सरस्वती नदीको बारेमा अध्ययन भएको दशकौं भैसक्यो । राजनीतिकरुपमा पनि र भूवैज्ञानिक तथा जलस्रोतविद्हरुबाट पनि अध्ययन हुँदै आएको छ ।
अहिलेसम्मको सबैभन्दा प्रभावकारी अध्ययन सेण्ट्रल एरिड जोन रिसर्च इन्स्टिच्यूट (काजरी)को तर्फ वरिष्ठ वैज्ञानिकहरु डा.सुरेश शंकर र विनोद कुमारले सन् १९८२ मा गरेको अध्ययनलाई मानिन्छ । अध्ययन पछि उनीहरुले दिएको प्रतिवेदनमा त्यो क्षेत्रमा कुनै ऐतिहाँसिक पानीको स्रोत रहेको दावि गरेका थिए । ‘त्यहाँको भूमिगत पानीको समग्र अवस्था र पौराणिक ग्रन्थहरुको अध्ययनबाट हामी के निष्कर्षमा पुग्यौं भने यो क्षेत्र सरस्वती नदीको मुख्य वहाव क्षेत्र हो ।’ चार दशक पुरानो आफूहरुको अध्ययनको निष्कर्ष सुनाउंदै डा. सुरेश कुमारले विविसी हिन्दीसंग भनेका छन् ।

सरस्वती नदी के हो ?
सरस्वती हिन्दू धर्मका पौराणिक ग्रन्थहरुमा सबैभन्दा बढी महत्व पाएको नदी मानिन्छ । ऋगवेद, मत्स्यपुराण, विष्णु पुराणदेखि महाभारतमा समेत सरस्वती नदीको बारेमा चर्चा रहेको छ । सत्य र द्धापर युगका विशाल नदीहरुको चर्चा गर्ने क्रममा सरस्वती नदीको व्याख्या गर्ने गरिएको छ ।
र, वैज्ञानिकहरुले पनि पौराणिक कालमा सरस्वती नदीको अस्तित्व रहेको स्विकार गरिसकेका छन् । इसरोका पूर्व मुख्य वैज्ञानिक डा.जे.आर. शर्मा सरस्वती नदी थियो भन्ने बारेमा पुष्टि भैसकेकोले त्यसबारेमा बहस गर्न आवश्यक नभएको बताउंछन् । ‘मुख्यकुरा सरस्वती नदी अहिले छ कि छैन, छ भने कहाँ कसरी वगिरहेको छ भन्ने हो । त्यसको एउटा क्षेत्र राजस्थानमा पनि थियो भन्नेमा पनि विवाद छैन । तर, अहिले भेटिएको नै सरस्वती नदि हो कि होइन भन्ने बारेमा पनि निकै गम्भिर अध्ययन हुनुपर्छ’ शर्माले विविसी हिन्दीसंग भनेका छन् ।
वैज्ञानिकहरुका अनुसार सरस्वती नदी अहिलेको गंगा नदी भन्दा ठूलो र वृहत क्षेत्रफलमा फैलिएको दावि गर्छन् । सयौं वा हजारौं वर्ष पहिले प्राकृतिक प्रकोप वा विभिन्न कारणले नदी जमीनको सतहभन्दा निकै तल गएको वा विलुप्त भएर त्यो क्षेत्र विस्तारै मरुभूमीमा परिणत भएको हुनसक्ने वैज्ञानिकहरुले आशंका गरिरहेका छन् । इसरोको अन्तरिक्ष विभागले केही वर्ष अगाडि सार्वजनिक गरेको ‘रिभर सरस्वतीः एन इण्टिग्रेटेट स्टटी’ का अनुसार इसाको ६ हजार बर्ष पहिले अर्थात् आजभन्दा करिब ८ हजार वर्ष पहिले अहिलेको गंगाभन्दा वृहतरुपमा बग्ने गर्दथ्यो । सरस्वती नदीको उद्गम हिमालय क्षेत्र थियो र त्यो अहिलेको भारतको हिमान्चल, उत्तराखण्ड, पन्जाव, हरियाणा, गुजरातको कच्छमा पुगेर समुन्द्रमा मिसिने गरेको दावि अनुसन्धानकर्ताहरुले गरिरहेका छन् । लगातारको भूकम्पको कारण जमीन मुनीका प्लेटहरुका स्थान परिवर्तन, जलवायु परिवर्तन लगायतका अनेक भौगर्भिक कारणहरुले करिब ३ हजार वर्ष अघि सतहबाट त्यो नदी पूर्णरुपमा लोप भयो ।
यदि अहिलेको अनुसन्धानले सार्थकरुप पायो भने त्यो पृथ्वीको अहिलेसम्मकै शसक्त खोज हुने दावि अनुसन्धानकर्ताहरुले गरिरहेका छन् ।