नेपालमा खेती प्रणाली मानव सभ्यताको विकास भएदेखि नै शुरु भएको कुरामा विवाद छैन । पछिल्लो समय आधुनिक खेती प्रणालीको दबदबाले कृषि क्षेत्रका परम्परागत मूल्य, मान्यता, संस्कार, प्रवृत्ति र प्रणालीमाथि अतिक्रमण गरिरहेको छ । तर, ती प्रणालीहरु वास्तविक रुपमा कृषि विकासको लागि मात्र नभएर मानव सभ्यताकोे विकासको लागि पनि महत्वपूर्ण छन् भन्नेमा शंका गरिरहनु पर्देन । यहाँ नेपालमा प्रचलित कृषि प्रणालीको बारेमा संक्षेपमा जानकारी दिने प्रयास गरिएको छ ।
१. कृषि र वनबाली प्रणाली
एउटै जमिनबाट एकै समयमा कृषि र वनबाली लिने तरिकालाई कृषि र वनबाली प्रणाली भनिन्छ । जस्तै केरा खेती रोपिएको गराको डिलमा घाँस र डालेघाँसका बोटहरुको हेज रो बनाउन सकिन्छ । गोलभेडा, अदुवा खेती वरिपरिकोसेवालीका रुखहरु जस्तै इपिल, भटमास, मेन्दुला, आदि लगाउन
सकिन्छ । उदाहरणको लागि काभ्रेको मिथिनकोट र लमजुङ्गको जिता टक्सार र धमिलिकुवामा यो प्रणाली लागू गरिएको छ ।
२. वन र घाँसे बाली प्रणाली
एउटै जमिनबाट एकै समयमा वन र घाँसे बाली लिने तरिकालाई वन र घाँसे बाली प्रणाली भनिन्छ । उदाहरणको लागि खरबारीलाई लिन सकिन्छ ।
३. कृषिवन र पशुपालन प्रणाली
एउटै जमिनबाट एकै समयमा कृषि वन र घाँसे बाली लिने र यसबाट वस्तुभाउ पाल्न सहयोग हुन्छ । यो नेपालको पहाडी खेती प्रणाली हो । गरामा कृषि बाली लगाइन्छ भने डिल र कान्लामा घाँसे बाली लगाइन्छ ।
उदाहरणका लागि काभ्रेको ढुङखर्कमा गराको डिलमा घाँसवाली लगाएर भैँसी पालन र गह्रामा गोलभेडा खेती गरिएको छ । नाल्मामा डालेघाँस, लप्सी, उत्तिस, अलैँची र बाख्रा पद्धती अपनाइएको छ
४. घर वरपरको बगैँचा
घर वरपरको बगैँचामा फलफूल, तरकारी बाली र डाले घाँसका रुखहरु लगाएर यसबाट घरको आम्दानी बढाउने प्रणालीलाई घर वरपरको बगैँचा प्रणाली भनिन्छ ।
५. फलफूल र वनबाली प्रणाली
एउटै जमिनबाट एउटै समयमा फलफुल र वन बाली लिने तरिकालाई फलफूल र वन बाली प्रणाली भनिन्छ । यो प्रणाली अन्तर्गत डालेघाँस र केरा खेती पद्धति जिता टक्सार र धमेलिकुवामा अपनाइएको छ
६. उत्तिसको रुखमुनी अलैँची खेती प्रणाली तथा बाख्रापालन
यो प्रणाली अन्तरर्गत चौबासमा डालेघाँस र उत्तिसको रुखमुनी अलैँची खेती गरिएको छ । नाल्मामा डालेघाँस, लप्सी, उत्तिस, अलैँची र बाख्रा पद्धति अपनाइएको छ ।
७. वन र माछा पालन प्रणाली
माछा पालन गरेको पोखरी वरिपरि रुख र फलफूलको रुख लगाई ति तीनै वटा बाली लिने तरिकालाई वन र माछा पालन प्रणाली भनिन्छ ।
८. खोरीया प्रणाली ९क्जषतष्लन ऋगतिष्खबतष्यल० वन फडानी गरी आगो लगाउने र खनजोत गरी खेती गर्ने तरिकालाई खोरीया प्रणाली भनिन्छ । यो अहिलेको सन्दर्भमा उपयुक्त प्रणाली भने होइन ।
९. टाङ्गीया प्रणाली
बृक्षारोपण गरेको ठाँउमा नजिकै बसोबास गर्ने गरिब किसानहरुलाई खेती गर्न दिई बृक्षारोपण स्थापना गर्ने तरिकालाई टाङ्गीया प्रणाली भनिन्छ । यो बर्माबाट सन् १८५० मा थालिएको प्रणाली हो । किसानहरुलाई २–३ वर्षसम्म खेती गर्न दिइन्छ । नेपालमा यो प्रणाली सन् १९७२ मा बारा जिल्लाको तामागढीबाट थालिएको हो । सागरनाथ वन बिकास परियोजनाले बृक्षारोपण गर्न यो तरिका अहिले पनि अपनाएको पाइन्छ । यो प्रणाली ३ किसिमको छ ।
१. विभागीय टाङ्गीया प्रणाली
२. संस्थागत टाङ्गीया प्रणाली
३. गाँउले टाङ्गीया प्रणाली