विद्यार्थी नेता, कृषि संकायको नेतृत्व र त्रिविविको कृषि शिक्षा


हो यो लाजको पसारो । तमाम हामी जो मुखले भन्न चुकिरहेका छौं सबै स्वीकार गर्न तयार छौँ कि लथालिङ्ग त्रिविविको कृषि तथा पशु विज्ञान अध्ययन संस्थान (IAAS_ एक विद्यार्थीको भविष्य निर्माता नभइ लाजले आत्महत्या गरेको, बेपरवाह, निरङ्कुश, नायकहरूको समूह हो, जसको मुलधार नै विद्यार्थीको पढाइ स्तर सुधार नभइ संस्थानको फाइदा, भागवन्दा अनुरूप संस्थान भित्र विभिन्न पदमा आफु र आफ्नो आसेपासेको संरक्षण रहेको छ । यहाँ डीन कार्यलय पद र पावरको लोभमा तल्लिन भइ पदको नशामा हिँडेको छ।
क्याम्पसमा विषयगत शिक्षक छैनन्, शिक्षक संस्थानभन्दा बाहिरबाट ल्याउन पर्छ, जसलाई संस्थानको पाठ्यक्रम र प्रश्न पत्र नमुना बारे जानकारी छैन । नतिजा प्रकाशन हुन्छ, अधिकांश विद्यार्थी फेल हुन्छन्, दोष लाग्छ सबै विद्यार्थीलाई तर कहाँ संस्थान चुक्दै छ प्रवाह छैन । Quiz र Practical Marks शिक्षकको विद्यार्थीलाइ पेल्ने माध्यम बनेको छ।
अनि किन नघटुन् संस्थानमा विद्यार्थी ५००० को प्रतिस्पर्धा हुने बाट किन सिमित नहोस् त १५००, २००० विद्यार्थी । गुणस्तर जति महामहिमहरूको राजनीति र कुर्सीको भागवन्डामा परे पछि कसरी बढ्छ त कृषि क्षेत्र प्रति विद्यार्थीको चासो ? कृषि प्रधान देशको कृषि क्षेत्र को विकासमा केन्द्रित हुन पर्ने एक महत्वपूर्ण निकाय नै राजनितिले खोक्रो बने पछिको कृषि क्रान्ति त्यही एकादेशको कथा र मुकुन्देको कल्पनामा सिमित छ।
डीन कार्यलय चोर भए हामी सिपाही बन्छौँ भनि प्रतिबद्धता व्यक्त गर्ने संगठनहरू पनि कोही भन्दा केही कम नरहेको निस्किए । ए दाइ, ए दिदी, हामी कमजोर छौँ हामी सक्दैनौं, सहयोग गर्दिनु न, हाम्रो मनोवल घटेको छ । ब्याक मात्र नभइ रेगुलर लगतै पढ्न गार्हो पर्छ । तयारी गर्ने अवधि भएन, प्रथम सत्रान्तको झैं नतिजा दोहोरिन सक्छ । हामी नयाँ समुह हौं तर तपाइहरू क्षमतावान हुनुहुन्छ । विद्यार्थी हक हितका निम्ति अठोट व्यक्त गर्नु भएको छ भन्दै खुट्टै ढोग्दा पनि बेवास्ता गरे। यहाँ संगठन केवल रिसिभिङ र अंकका निम्ति रहेछ, पर्न सक्ने झगडाको निम्ति रहेछ। विद्यार्थीको निम्ति हरदम त केवल सांगठनिक भाषणमा सिमित रहेछ । विद्यार्थीको लागि भनिएको संगठन नाच्ने आखिरमा डीन कार्यालय र माथिका व्यक्तिको इशारामा रहेछ । स्ववियु नजिकिँदै गर्दा संगठनको दायित्व निर्वाह गरिदिनु हुने महामहिम संगठनहरूको जय होस् । नजिकिँदो चैत्र ५ ले पक्कै घच्घचाउला ।
स्ववियु पनि के भन्नु ? स्वतन्त्र विद्यार्थी युनियन नै बेथितिबाट स्वतन्त्र नभए पछि गुहार कसलाई लगाउनु ? विज्ञप्ति जारी गरेर सो विषयमा चासो नदेखाइ डीन कार्यलयले बेवास्ता गर्छाैं भने पछि हामीलाई कुराको गहनता र विद्यार्थीको समस्या नबुझी हुन्देउ भन्दै पन्छिँदै हाम्रै विपरीतमा my man गर्न थाले पछि भनौँ पनि के भनौँ ? कुनै टेण्डर र भागवन्डामा हिसाब नमिले त डीन कार्यालय पनि ताल्चा लाग्ने थियो होला तर के गर्नु कुरा यहाँ विद्यार्थीको पर्यो, बोल्न मिलेन । बन्द गर्दिउँ स्ववियु निर्वाचन, कम से कम विद्यार्थी त सजक थिए, नामको प्रतिस्पर्धा कै निम्ति भए पनि त थियो विद्यार्थी संगठन ।
अरूको त के कुरा गर्नु आफ्नो लागि पनि उभिन नसक्ने विद्यार्थीको लर्काे लागे पछि । राजनितिको लोभ हो कि mथ mबल को लोभ हो कि प्रश्न बनाउने शिक्षक गोजीमा भएको अहंकार हो, गलत महशुस भएर पनि गलत भन्न नसके पछि..
भेडा जनता माझको भेडा विद्यार्थीहरू दाइले नबोल भन्नु भएको छ भन्दै भेडातन्त्र Ground level मै देखिए पछि, आफ्नो नेता आफै चुन्न नै जनता कमजोर देखिए पछि मुलुकको भविष्य ८० प्रतिशत विद्यार्थी फेल हुने देश कै नं. १ कृषि संस्थानको विद्यार्थीको भविष्य झैं त होला नि ।
यहाँ सबको आफ्नो ताल, सबको निजि स्वार्थ, सेलाउँदो र स्वार्थमा पर्दै विद्यार्थी राजनिति, डीन कार्यालयको विभिन्न कुर्सी र क्याम्पस प्रमुखको दौडमा व्यस्त संस्थानका अधिकारीहरू marks को डरमा लुक्दै हक विर्सदो विद्यार्थीले जनाइ रहेको छ खच्कँदो IAAS र यहाँको लाजको पसारो।

(गौरादह कृषि क्याम्पसका एक विद्यार्थीको अनुभव)

Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *