त्रिविविको कृषि तथा पशुविज्ञान अध्ययन संस्थानमा राजिनामा लहर

त्रिभुवन विश्वविद्यालयअन्तर्गत कृषि तथा पशुविज्ञान अध्ययन संस्थानमा प्रध्यापकहरुबीच राजिनामाको लहर शुरु भएको छ । आफूहरुले लामो समय अघिदेखि राख्दै आएको माग सुनुवाईको नभएको भन्दै विभिन्न तहका प्रध्यापक र पदाधिकारीहरुबीच राजिनामाको लहर चलेको छ ।
अहिलेसम्म पक्लिहवा कृषि क्याम्पसका निर्देशक र कीर्तिपुरस्थित स्नातकोत्तर तहको संयोजकसहित ७ जनाले सामूहिक राजीनामा दिएका छन् ।
राजिनामाा दिनेहरुमा निर्देशक, सहायक क्याम्पस प्रमुख, संयोजक, तीन विभागीय प्रमुख र छात्रावास वार्डेन रहेका छन् ।
सामूहिक राजीनामा दिनेहरूमा भेटेरिनरी शिक्षण अस्पतालका निर्देशक डा. नारायण न्यौपाने, सहायक क्याम्पस प्रमुख एवं कीर्तिपुरको स्नातकोत्तर कार्यक्रमअन्तर्गत थेरियोजेनोलोजी विभाग संयोजक डा. शम्भु शाह, भेटेरिनरी प्याथोलोजी विभाग कीर्तिपुर स्नातकोत्तर कार्यक्रम संयोजक प्राडा यमबहादुर गुरुङ, पक्लिहवा क्याम्पस भेटेरिनरी मेडिसिन पब्लिक हेल्थ सर्जरी विभाग तथा फार्म प्रबन्धक डा.गंगाप्रसाद यादव, पक्लिहवा क्याम्पस भेटेरिनरी थेरियोजेनोलोजी र फिजियोलोजी विभाग प्रमुख डा. मनिस गौतम, सोही क्याम्पसका भेटेरिनरी पारासाइटोजी र माइक्रो बायोलोजी विभाग प्रमुख डा. सुवास रिमाल र क्याम्पसका छात्राबास वार्डेन डा. निसान्त साहले सामूहिक राजीनामा हुनुहुन्छ ।
यसअघि साउन ३ र पुस २५ गते राखेको मागप्रति बेवास्ता गरेपछि आन्दोलनको कार्यक्रम घोषणा गरिएको थियो । प्राध्यापकले चालू आर्थिक वर्षमा दुईवटा स्नातक कार्यक्रमको नयाँ भर्नाका लागि गठित भर्ना समितिमा दुईमध्ये भेटेरिनरी शिक्षक समावेश गरी भर्ना समितिलाई तत्काल पुनर्गठन गर्र्नुपर्ने, अध्ययन संस्थानअन्तर्गतका विकास परिषद्, विद्यापरिषद्, कार्यान्वयन र परीक्षा समिति तथा डीन, सहायक डीन, निर्देशक र संयोजकजस्ता पदीय जिम्मेवारीमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग राखिएको थियो ।
त्यस्तै, भेटेरिनरी संकायतर्फ एकमात्र विषय समितिलाई बढाएर तत्काल विषय समिति थप गर्नुपर्ने र दुरगामी महत्वसहित स्नातक र स्नातकोत्तर तह सञ्चालन गर्न भेटेरिनरी क्याम्पस स्थापना गर्नुपर्ने प्रध्यापकहरुको माग छ ।

डीन कार्यालयले मागको विषयमा छलफल गर्न छाडेर आन्दोलन दबाउने प्रपञ्चले प्राध्यापकलाई व्यक्तिगत र सामूहिक रूपमा दबाब दिई काम गर्ने वातावरण नभएकोले सामूहिक राजीनामा दिएको प्रध्यापकहरुको भनाइ छ । पटक पटक ध्यानाकर्षण गराउँदासमेत बेवास्ता गरेपछि बाध्य भएर राजीनामा दिएको प्राध्यापकहरुको भनाइ छ ।
संस्थान र प्रशासनले स्थानीयलाई उचालेर, जागिर खाइदिन्छु भन्नेजस्ता धम्की दिन थालेपछि राजीनामा दिएको उहाँहरुको भनाइ छ । आक्रमणसम्मको धम्की दिएपछि आफूहरुको ज्यानको सुरक्षासमेत खतरामा परको प्रध्यापकहरुले बताउनु भएको छ ।

Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *