बेलायती राजाको विहेको दाइजोमा बाकसभरी चिया

२३ जुन १६६१ विश्वको इतिहासको लागि एउटा ऐतिहासिक दिन थियो । त्यो दिन केवल राजनीतिक क्षेत्रको लागि मात्र होइन, सांस्कृतिक र कृषि उद्यमको विकासको लागि पनि एउटा ऐतिहासिक दिन थियो ।
करिब एक वर्ष अगाडि सन् १६६० मे २९ मा गद्धिमा बसेका बेलायती सम्राट चाल्र्स द्धितियको विहे पोर्चुगलकी राजकुमारी क्याथरिनसंग हुँदै थियो । विहेको दाइजोमा पाँच लाख स्टर्लिङ पाउन्ड नगद दिने प्रस्ताव पोर्चुगलको दरबारले गरेको थियो । तर, विहेको तयारी बेला पोर्चुगलको तर्फबाट गर्ने बेला त्यसको आधा मात्र दिने जानकारी गराएपछि राजा चाल्र्स रिसाएर विहे रद्ध गर्ने धम्की दिए ।
अन्ततः विभिन्न चरणमा द्धिपक्षिय वार्तापछि दाइजोमा त्यसको आधा रकम मात्र दिइने र बाँकी आधा बराबरको चिया र चिनीको साथै पोर्चुगलको स्वामित्वमा रहेको बम्बईको व्यापारिक बन्दरगाह प्रयोगको अधिकार पनि बेलायतलाई दिइने गरि सम्झौता भयो । यो सम्झौता विश्वको इतिहासमा विवाह सन्धी (म्यारिज ट्रिटी) को नामबाट चर्चित छ ।
विवाह सन्धीपछि बेलायतलाई भारतमा आफ्नो एकाधिकार स्थापना गर्न थप सहज भयो भने भारतमा चिया पिउने संस्कारको विकास पनि शुरु भयो ।
भनिन्छ, महारानी क्याथरिनलाई चियाको लत लागेको थियो । त्यो लतको परिणाम यस्तो भयो कि बेलायत र भारतका सभ्रान्त वर्गमा चिया पिउने लहर नै चल्यो । त्यसले गर्दा चीनमा उत्पत्ती भएको चिया युरोपहुंदै क्याथरिन र राजा चाल्र्सको विवाहपछि भारतमा प्रवेश गर्यो । त्यसपछि यसपरका मुलुकहरुमा पनि चिया पिउने लहर शुरु भयो ।

Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *