काठमाण्डौमा शनिबार सम्पन्न भएको नेपाल–भारत संयुक्त व्यापार मञ्च (जेबीएफ) को दुई दिने बैठक ठोस कुनै निर्णय नगरि सम्पन्न भएको छ । दुई देशबीच कृषि र औषधीय वनस्पतिसम्बद्ध व्यवसायमा सहजीकरण गर्ने सहमति भए पनि त्यसबारेमा थप कुनै निर्णय नभएकोले त्यो कार्यान्वयन हुनेमा सरकारी अधिकारीहरु नै सशंकित छन् । काठमाडौंमा सम्पन्न बैठकले शनिबार जलविद्युत, नवीकरणीय ऊर्जा, सौर्य, वायुलगायत परियोजनामा सहकार्य गर्ने विषयमा समेत सहमति गरेको नेपाल उद्योग वाणिज्य महासंघले जारी गरेको विज्ञप्तिमा छ । ‘सहमतीको लागि सहमती त सधै हुन्छ, यस्ता वैठकहरुमा कहिल्यै चर्काे विवाद हुँदैन । तर तोकेर सहमती नहुँदासम्म त्यसबारेमा सहमती भएन भन्ने नै बुझ्नु पर्छ’ वाणिज्य मन्त्रालयका एक जना सहसचिवले कृषिभेटसंग भन्नु भयो ।
वैठकपछि मन्त्रालयले विज्ञप्ति जारी नगरि महासंघले गर्नुलाई पनि अर्थपूर्णरुपमा लिइएको छ ।
‘स्वच्छ ऊर्जा प्रवद्र्धन, पर्यटन र कनेक्टिभिटी, सडक, रेल र हवाई सम्पर्क सुदृढ गर्दै सीमापार व्यापार सहज बनाउने, व्यापार र सीमापार लगानी, कृषि र औषधीय वनस्पति, कृषि उत्पादनको कोटा हटाई उच्च बिउ तथा प्रविधि उपलब्ध गराउने, औषधीय वनस्पतिहरूमा अनुसन्धान र व्यवसायीकरणको सहकार्य, डिजिटल प्रविधि र स्टार्टअप सहयोगलगायत विषयमा आवश्यक सहजीकरण गर्ने सहमति भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
नेपाल भारतबीच कृषि र औषधीय वनस्पतिको क्षेत्रमा ‘सहमतीको लागि सहमति’
