चर्चित भारतीय क्रिकेटर युवराज सिंह जोडिएको विवादले सिकाएको पाठ

सुन्तला, महिलाको स्तन र क्यान्सर बीचको सम्वन्धः चर्चित भारतीय क्रिकेटर युवराज सिंह जोडिएको विवादले सिकाएको पाठ
महिलाको स्तन र सुन्तलाबीच कुनै सम्वन्ध छ ? अनि क्यान्सरको नी ?
तर्क आ—आफ्नै हुन सक्छन् । तर, भारतमा अहिले यो विषय सरकारवालाहरुको लागि ‘हटकेक’ जस्तो बनेको छ ।
विषय थियो—क्यान्सरलाई जितेका चर्चित भारतीय क्रिकेटर युवराज सिंहको संस्था ‘यु वि क्यान’ले दिल्लीको मेट्रो स्टेशनमा राखेको एउटा जानकारीमूलक सूचनाको । उक्त सूचनामा ‘चेक योर अरेन्ज वन्स इन अ मन्थ’ अर्थात् तपाईको सुन्तला हरेक महिना परिक्षण गर्नुहोस् ।
निश्चय पनि उक्त सूचनाको आसय महिलालाई स्तन क्यान्सरको सम्भावना उच्च हुने भएकोले हरेक महिना स्तनको परिक्षण गर्नु पर्छ भन्ने हो भन्नेमा शंका छैन ।
तर, महिला अधिकारवादी र सरोकारवाला विभिन्न पक्षले महिलाको स्तनलाई सुन्तलासंग तुलना गर्दै अपमान गरिएको भन्दै विरोध गरे । सबैभन्दा पहिले पत्रकार रितुपर्णा चटर्जीले उक्त विज्ञापनप्रति आपत्ती जनाउंदै आफूले उक्त संस्थालाई प्रश्न गरेको र ‘बोल्ड क्रियटिभ भाषा प्रयोग गरिएको’ जवाफ पाएको भन्दै सामाजिक सन्जालमा पोष्ट गरेकी थिइन । साथै उनले उक्त जवाफ आफूलाई चित्त नबुझेको भन्दै ‘महिलाको स्तनलाई खेलौनाको रुपमा लिएको’मा उक्त संस्थाप्रति कारवाही हुनु पर्नेमा जोड दिइन ।
त्यसपछि सामाजिक संजालमा विरोधको लहर शुरु भयो । कतिपयले उक्त सूचना तत्काल हटाउनु पर्ने माग गरे भने कतिपयले सूचना हटाएर मात्र नहुने संस्थामाथि नै कारवाही हुनु पर्ने माग गरे । त्यस विरुद्ध मानिसहरुको आक्रोस यति छिटो फैलियो कि केही घण्टामै दिल्ली मेट्रोले माफि माग्दै उक्त विज्ञापन हटायो । तर, मानिसहरुको आक्रोस थामिएको छैन ।
त्यसो त खासगरि हास्यकलाकारहरुले महिलाको स्तनलाई सुन्तलासंग तुलना गर्ने, महिलाहरु प्रति द्धैधअर्थी शब्द प्रयोग गर्ने प्रवृत्ति भारतमा मात्र होइन, नेपालमा पनि उत्तिकै छ । तर, त्यसविरुद्ध यदाकता आवाज उठेपनि शसक्तरुपमा प्रतिरोध भने हुन सकेको छैन ।
त्यस्ता व्यक्तिहरुको लागि अहिले क्रिकेटर सिंह जोडिएको यो घटना एउटा पाठ बन्न सक्ने देखिएको छ ।

Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *