सरकारले कृषि प्रविधि र यान्त्रिकीकरणमा विदेशी लगानी खुला गरेको छ । सुक्रबारको मन्त्रिपरिषद् वैठकले पारित गरेको आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमार्फत कृषि प्रविधि र यान्त्रिकीकरणमा विदेशी लगानी खुला गरेको हो ।
ऐनमा प्राथमिक केही समयदेखि चर्चामा रहेको कृषि क्षेत्रमा भने विदेशी लगानी खुला गरिएको छैन । त्यस्तैै प्रदेशमा दर्ता भएको उद्योगमा विदेशी लगानी गर्दा प्रदेशमा उद्योग दर्ता भएको प्रमाणपत्रले मात्र पुग्ने र प्रदेश सरकारको थप सिफरिस आवश्यक नपर्ने व्यवस्था पनि ऐनमा गरिएको छ ।
सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ मा संशोधन गरी विदेशी लगानी भएकोबाहेक अन्य उद्योगले समेत विदेशी वित्तीय संस्थाबाट ऋण लिन सक्ने व्यवस्था गरेको छ ।
अहिलेसम्म विदेशी लगानी भएको उद्योगले मात्रै विदेशी बैंकबाट ऋण लिनसक्ने व्यवस्था थियो । त्यसरी ऋण लिने प्रयोजनका लागि विदेशी वित्तीय संस्थाले पनि परियोजना ऋण प्रदान गरेकोमा ऋणीको नेपालमा रहेको सम्पत्र् िधितो वा बन्धक लिन सक्ने व्यवस्था समेत ऐनमा गरिएको छ ।
कृषि प्रविधि र यान्त्रिकीकरणमा विदेशी लगानी खुला
