माघे संक्रान्तिः राष्ट्रिय एकताको वास्तविक पर्व

माघे संक्रान्ति नेपालका अधिकांश जाति समुदायको साझा पर्वहरुको संगम हो भन्दा फरक पर्र्दैन । विशेष गरि हिन्दू, बुद्धमार्गी र किराँत समुदायको साझा पर्व हो माघे संक्रान्ति ।
हिन्दू समुदायले माघे सक्रान्ति वा मकर संक्रान्तिका रुपमा रुपमा मनाउने यो दिनलाई मगर समुदायले माघे सकराती भनेर मनाउंछन् भने थारु समुदायले माघी र खिचरा पर्वको साथै नयाँ वर्षको रुपमा मनाउंछन् । त्यस्तै राई समुदायले येले थेचे र सुनुवार समुदायले सामी पिदार पर्व पनि माघे संक्रान्तीको दिनमै मनाउंछन् ।
हरेक समुदायले अलग अलगरुपमा मनाए पनि सबैको समान उद्धेश्य छ—पारिवारिक एकता, मिलाप, सामाजिक साँस्कृतिक क्षेत्रको जगार्ना आदी ।
थारुको माघी महान पर्व
‘माघी’ थारु समुदायका सबैभन्दा महत्वपूर्ण चाड हो । आजकै दिन थारु समुदायको नयाँ वर्ष सुरु हुने भएकोले यस्को महत्व बढेको छ ।

चेलिबेटीहरूलाई घरमा बोलाउने, मिठा परिकार खाने(खुवाउने र नाचगान गाउने चलन छ । माछा, सुँगुरको मासु, मुसाको मासु, घोंगी, ढिक्री, जाँड, रक्सि थारु समुदायका विशेष परिकार हुन् । यी परिकार पकाउनका लागि आवश्यक सामाग्रीहरुको जोहो गर्न दुई महिनादेखि दौडधुप सुरु हुन्छ ।
थारु समुदायले गाउँको मुखिया चुन्ने काम पनि माघी संक्रान्तिमै गर्दछन् ।
किराँतको आज नयाँ वर्ष मनाउँदै
थारुहरुले जस्तै किराँत लिम्बु समुदायले आज नयाँ वर्ष मनाँउदै छन । यो समुदायले माघे सङ्क्रान्तिको दिन किराँत नयाँ वर्ष मनाउने गर्छन् ।

किराँत नयाँ वर्षलाई किराँत समुदाय अन्तरगतका लिम्बूहरूले कुसङ ऐले तङबे र राईले ऐले दङ भन्ने गर्छन् । यस्तै सुनुवार र याक्खाले पनि माघ १ गते गतेकै दिन नयाँ वर्ष मनाँउछन ।
किराँत नयाँ वर्ष पाँचथर,तेह्रथुम,ताप्लेजुङ,इलाम,झापा,धनकुटा लगायतका जिल्लामा भव्यता पूर्वक मनाइन्छ । यो अवसरमा धान र च्याब्रुङ नाच्नका साथै वनभोज खाने,कन्दमूल खाने,हाक्पारे,ख्याली र पाःलाम आदी पनि गाउने गरिन्छ ।

किराँती पात्रो अनुसार यो वर्षको माघ १ गतेदेखि ऐले तङबे ५०८५ सुरु भएको छ । किराँत सम्वत नेपालमा हाल प्रचलनमा रहेको विक्रम सम्वत भन्दा ३ हजार ४ वर्ष जेठो रहेको छ ।
ऐले तङ्गवे किराँती राजा यलम्वरले नेपालमा शासन सुरु गरे पश्चाच मनाउन थालिएको इतिहास रहेको छ ।
माघे सङ्क्रान्ति देखि लेकाली भूभागमा पाइने चाँप प्रजातिको फुल फुल्न सुरु गर्छ । त्यसैले लिम्बु समुदायले माघे संक्रान्तीलाई ककफेवा तङनाम भनेर पनि मनाँउछन ।
लिम्बु भाषामा कक भनेको चाँप,फेवा भनेको फुल्ने र तङनाम भनेको सिजन अर्थात् ककफेवा तङनाम भनेको चाँप फुल्ने सिजन हो । यो ज्येष्ठ सदस्य अर्थात् अभिभावकले बन तरुल कालो हुने गरी पोलेर परिवारका अन्य सदस्यलाई टिका लगाउँदै आर्सीवाद दिने चलन रहेको उहाँले वताउनुभयो । माघे संक्रान्तिलाई किराँत लिम्बूहरुले यले तङबेसँगै ककफेवा तङनाम भनेर पनि मनाउने गर्छन ।

हिन्दूको साँस्कृतिक चाड
माघे संक्रान्ती पर्वलाई स्थान विषेशअनुसार मनाउने चलन छ ।। पहाडी भूभागमा बस्ने ब्राम्हण समुदायले बिहानै नुवाई धुवाई गरेर खिचडी खाने गछन् ।
घ्यु र चाकु पनि खाने चलन छ ।

Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *