आज पुस २६ जननेता रुपचन्द्र विष्टको जन्मदिन । रुप्चन, रुदाने, स्वरूपे आदि नामबाट उनको जन्म बाबु पदमबहादुर विष्ट र आमा चित्रकुमारीबाट वि।स। १९९० पौष २६ मा भएको हो । उनी एक सम्ह्रान्त परिवारका थिए । रुपचन्द्र विष्ट नेपाली राजनीतिका एक त्यस्ता जननायक थिए, जो किसान र मजदूरको अधिकार रक्षाको लागि लड्थे, धनी, एक्लै थिए, तर सिंगो सरकार र शासकहरु उनको बोली सुनेपछि अत्तालिन्थे । उनले प्रस्तुत गर्ने तथ्य र तर्कको अगाडि सबैको बोली सामन्तहरुको विरुद्ध जेहाद छोड्थे । उनी कुनै पार्टी र समुहमा आवद्ध थिएनन् । त्यसैले आफ्नो पक्षमा बोल्ने उनी राष्ट्रिय पंचायतमा सरकार पारदर्शी हुनुपर्छ, सरकारले गर्ने हरेक आम्दानी खर्चको विवरण जनताले एक एक गरि थाहा पाउनु पर्छ भन्ने मान्यताका अनुयायीहरुले थाहा आन्दोलन संचालन गरेका थिए। नेपालको आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा थाहा आन्दोलन एउटा साथ उनले थाहा आन्दोलन शुरु गरेका थिए । सरकारका हरेक कामको बारेमा जनताले थाहा पाउनु पर्छ भन्दै विष्ट र उनका विशिष्ट पहिचान थियो ।
शष्ट कार कसरी संचालन गर्नुपर्छ भन्दै उनले नमुनाको लागि दामन र पालुङलाई मिलाएर विसं २०३०, ३१मा आफ्नै गाउँ विकास समिति संचालन गरेका थिए । त्यसको कार्यालयलाई विकास घर भनिन्थ्यो । त्यो घरमा गाउँको विकासको बारेमा छलफल हुन्थ्यो, समस्या समाधानको लागि उपाय खोजिन्थ्यो । रूपचन्द्रले विकास घर र त्यसमार्फत हुने काम संचालनको लागि जनतालाई विकास करको तिर्नु पर्ने नियम चलाएका थिए। दामन र पालुङवासीले एक धानी आलु बेच्दा ु तरकारी र समान बेच्दा पनि कर तिर्न पर्दथ्यो। सरकारलाई कर तिर्न आनाकानी गर्ने स्थानीय वासिन्दा विकास घरले उठाउने कर तिर्न भने हानथाप गर्दथे ।
विकास घरले उठेको रकम र खर्चको एक एक विवरण सार्वजनिक गर्दथ्यो । यसबाट त्यसक्षेत्रमा सडकहरु मर्मतदेखि स्कुलहरू बनाउनेसम्मका धेरै काम भएका थिए। रुपचन्द्र जेल परेपछि विकास घर बन्द भयो। जे भएपनि विकास घर र थाहा आन्दोल नेपालको सामाजिक, आर्थिक र राजनीतिक परिवर्तनको एउटा मार्गदर्शन थियो भन्नेमा संभवतः कसैको असहमती नहोला ।
रुपपचन्द्र र थाहा आन्दोलन
उनले तिन दशक थाहा आन्दोलन चलाए । यस आन्दोलनको मुख्य सार थियो , ‘निष्पक्ष सक्रियताको अभ्यास । अर्को शब्दमा, चेतनाहीन जनताको चेतनासम्पन्न नागरिकमा रूपान्तरणमार्फत राजनैतिक र सामाजिक जागरण ल्याउनु ।
चुनावको पर्चा बेचेर खर्च
रूपचन्द्र विष्टले ०३८ र ०४३ सालमा मकवानपुर जिल्लाबाट राष्ट्रिय पञ्चायतमा प्रतिनिधित्व गरेका थिए । उनी पर्चापम्पेलेटहरूमा तस्विर हैन विचार लेख्थे । तिनै पर्चाहरू बेचेर चुनाव खर्च जुटाउँथे । उनले कहिल्यै पनि रूपचन्द्र विष्ट हेरेर भोट देऊ भनेनन् । मात्र विचार बाँडे ।
उनका विचारसँग सहमत हुनसक्नेलाई पनि स्वविवेकले चल्न भन्थे । तर सबैले सबैका विचार, भावना, सिद्धान्त र क्रियाकलापहरूको साक्षी हुन सक्नुपर्छ भन्ने उनको भनाइ थियो ।
राष्ट्रिय पञ्चायतको सदस्य भएर पनि पञ्चायतकै विरोधमा विचार व्यक्त गरेर आफ्नो बौद्धिक बर्चस्व राख्न सक्ने महान् योद्धा थिए । उनले पञ्चायत कालमै संविधानसभाको आवश्यकता देखेर जोडदार आवाज उठाएका थिए ।
आफ्नो लागि आफैँ लड्नुपर्छ
उनी हमेसा भन्ने गर्थे, “श्रमिकको राजनीति पूँजिपतिले गरेर हुँदैन, छाप्राको राजनीति महलले गरेर हुँदैन, महिलाको राजनीति पुरुषले गरेर हुँदैन, आफ्नो लागि आफैँ जागेर अघि बढ्नुपर्छ । दुःख पाउनेले नै दुःखको रंग चिनेको हुन्छ । श्रम गर्नेले नै श्रमिकको व्यथा जानेको हुन्छ ।
अतः जसको उत्थान हुनुपर्छ, ऊ स्वयम्ले अगुवाई गर्नुपर्छ । श्रम गर्नुपर्छ, ठाउँमा पग्लनुपर्छ, ठाउँठाउँमा कठोर बन्नुपर्छ । जानेर बुझेर अघि बढ्ने हिम्मत गर्नुपर्छ । होस सहितको जोसले काम गर्नुपर्छ ।”
उनको यो भनाई आज पनि गुञ्जीरहेको छ । “हामी कसैका होइनौँ, कोही हाम्रा होइनन् । मात्र हामी सत्य र न्यायका र सत्य र न्याय हाम्रा लागि हुन् ।”
निधन
रूपचन्द्र विष्टले जीवनको उत्तराद्र्धकालसम्म पनि अभियानलाई निरन्तरता दिइरहे । आफू झुप्रेझाम्रे भएकोले सोही बमोजिमको सामान्य ठाउँमा उपचार गर्न र मरेपछि विल्कुलै सामान्य वर्गकोझैँ अन्तेष्टी गर्न अह्राएका थिए ।
सहयोगीलाई आफ्नो मृत लासमा अविर, माला नलगाउन, काजक्रिया नगर्न र लासको राजनीति नगर्न समेत भनेका थिए । नेपाली माटोले चिन्न नसकेको तीनै महान व्यक्तिको मृत्यु २०५६ साल असार ७ गते ६६ वर्षको उमेरमा भयो ।